काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टी फेरि सरकारमा जाने अन्तिम तयारीमा जुटेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जनमत पार्टी दोस्रो पटक सहभागि हुन लागेको हो ।
यस अगाडी प्रचण्डकै नेतृत्वमा जनमत पार्टी सरकारमा थियो । पुस १० बाटै सरकारमा रहेको जनमतले केही समय अगाडी मन्त्रालय भागवन्डामा चित्त नबुझाएको ले सरकार छोडेको थियो ।
जनमत फेरि सरकारमा आउने गरी प्रधानमन्त्री प्रचण्डसँगको छलफलमा लागेपछि प्रधानमन्त्रीले पनि उनीहरुलाई सरकारमा ल्याउने तयारी थालेको छन् । छलफलका आधारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् ।
सरकारले अहिले पूर्णता पाईसकेको छ । २५ सदस्यीय मन्त्रिपरिषद् रहेकोले त्यसभन्दा बढी मन्त्री बनाउन मिल्दैन संविधानतः जसकाकारण प्रधानमन्त्रीले आफनो पार्टीको भागमा रहेको एक जना मन्त्रीलाई फिर्ता बोलाएर भएपनि जनमतलाई सरकारमा लान चाहेका छन् । जनमत पार्टीको संसदमा ५ सांसद छन् ।
मन्त्रिपरिषदले पूर्णता पाइसकेकाले जनमत पार्टी सरकारमा आउँदा एउटा मन्त्रालय खाली गराउनु पर्ने हुन्छ।
त्यसका लागि कांग्रेस तयार नहुने हुँदा माओवादी केन्द्रले आफनो भागमा रहेका मन्त्रीमध्येबाटै एक्लाई फिर्ता बोलाएर त्यहाँ जनमतलाई लैजानुपर्ने हुन्छ ।
त्यसो हुँदा माओवादीका तर्फबाट पयर्टन मन्त्री बनेका सुदन किराँती र संघीय मामिला मन्त्री अमनलाल मोदी डेन्जरजोनमा पर्नसक्नेछन् ।
माओवादीबाट उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री शक्ति बस्नेत, सञ्चारमन्त्री रेखा शर्मा, संघीय मामिला तथा सामान्य प्रकाशनमन्त्री अमनलाल मोदी र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती छन् ।






































