बागलुङ । जिल्लाको तमानखोला गाउँपालिका २ भैरबुङगा बस्ने ५५ वर्षीय देविलाल घर्तीको करेण्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ ।
सोही ठाउँस्थित बेँसीमा गाई, भैँसी चराउन जाने क्रममा बुर्तिबाङबाट भैरबुङगा लाने नाङगो विद्युतको तारमा छुँदा करेण्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।






































