काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा रहेका माओवादी मन्त्रीहरूले राजीनामा दिएका छन् ।
माओवादी कोशी प्रदेश संसदीय दलले नेकपा एमालेका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै माओवादीका भौतिक पूर्वाधार विकास मन्त्री भएका दुर्गाप्रसाद चापागाई र पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् ।
आज माओवादीको प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनीहरूले मुख्यमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।
माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संसद् सचिवालयलाई गराइसकेका छन् ।






































