काठमाडौँ । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ५ का वडाध्यक्ष सब्दुल मियाँ घुस रकमसहित पक्राउ परेका छन् । उनलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सेवाग्राहीसँग घुस लिइरहँदा पक्राउ गरेको हो ।
हिरावती आधारभूत विद्यालय बकधुवाको निर्माणाधीन भवनको निर्माण सम्पन्न भएको सिफारिसका लागि उक्त घुस लिएको अख्तियारले जनाएको छ ।






































