काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले संयुक्त पत्रकारमा बोल्दै मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।
प्रचण्डले मोदीको भ्रमण चाँडै हुने आशा व्यक्त गरेका छन् । भारत नेपालको सबैभन्दा नजिकको छिमेकी मात्रै नभएर सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको बताउँदै प्रचण्डले चाँडै मोदीलाई नेपाल भ्रमणमा स्वागत गर्ने बताए ।






































