काठमाडौं । अघिल्लो प्रतिनिधिसभाले दुई दुई पटक पारित गरेर प्रमाणिकरणका लागि ततकालिन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमणिकरणका लागि पठाएको नागरिकता विद्येयक अन्तत प्रमाणिकरण भएको छ । सरकारको आग्रहमा त्यही विद्येयकलाई अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेका हुन् ।
सरकारले मनित्रपरिषद्को बैठकबाटै तत्कालिन राष्ट्रपतिले प्रमाणिकरण नगरी त्यक्तिकै थन्काएर राखेकी उक्त विद्ययेक प्रमाणिकरण गर्न राष्ट्रपति पौडेलसाग आग्रह् गर्ने निर्णय गरेको थियो । त्यसपछि आजै बिहान प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर विद्येयक प्रमणिकरणका बारेमा र आफनो भारत भ्रमणका बारेमा छलफल गरेका थिए ।
प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानु अगाडी राष्ट्रपतिले विद्येयक पम्राणिकरण गरेका हुन् ।
विद्येयक नयाँ संसदबाट नल्याई अघिल्लो संसदबाटै पारित भएर राष्ट्रपति कहाँ पुगेकोले पातिर गर्न नमिल्ने प्रतिपषी एमलेले बताउँदै आएको थियो । तर अहिले राष्ट्रपतिले सरकारको आग्रहमा प्रमाणिकरण गरिदिएका हुन् ।
अघिल्लो संसदले पारित गरेको विधेयक नयाँ संसद् आएपछि पारित गर्ने कि नगर्ने भनेर कानुनविद्हरूसँग छलफल गरेका थिए ।
तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्र्काएको यो विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले हुबहु फेरि पारित गरेको थियो । त्यसपछि पुनः २० भदौमा ततकालिन सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाएका थिए ।
दोहोरयाएर आएको विद्येयक १५ दिनभित्र राष्ट्रपतिले प्रमाणिकरण गर्नुपर्ने भएपनि त्यक्तिकै थन्काईदिएको भन्दै उनको चर्काे आलोचना भएको थियो ।
तर त्यसरी थन्काइएको विद्येयक नयाँ संसद आएको र नयाँ राष्ट्रपति आएको सन्दर्भमा तयसैलाई फेरि प्रमाणिकरण गर्न मिल्ने नमिल्ने विषयमा कानुन ब्यवसायीहरुको र राजनीतिक दलहरुको आ आफनो बुझाइृ र ब्याख्या रहँदै आएको थियो । तर राष्ट्रपति पौडेलले यस विषयमा कानुन ब्यवसायीसँग गरेको छलफलमा प्रमाणिकरण गर्न मिल्ने सझुाव आएपछि र सरकारले समेत मन्त्रिपरिषद्को बैठकबाटै निर्णय गरेर प्रमाणिकरणका लागि आग्रह गरेपछि राष्ट्रपति पौडेलले बुधबार बिहान प्रमाणिकरण गरिदिएका हुन् ।
संविधानको धारा ११३ (४) मा भनिएको छ, ‘राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ ।’
तर तत्कालिन राष्ट्रपति भण्डारीले भने विधेयक प्रमाणीकरण गरेकी थिइनन् । त्यसैलाई अहिलेका राष्ट्रपति पौडेलले भने प्रमणिकरण गरिदिएका हुन् ।







































