काठमाडौं   ।     सरकारले केही समयदेखि रोकिएको जग्गाको कित्ताकाट फुकुवा गर्ने भएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत कित्ताकाट फूकुवा गर्ने बताएका हुन्।

घरजग्गा कारोबारलाई विस्तार गर्न कित्ताकाट फुकुवा गर्ने उनले बताए।

घरजग्गाको खरिदबिक्रीलाई परदर्शी र यथार्थपरक बनाउन आगामी वर्ष महानगरपालिका र उपमहानगरपालिकाबाट भौगोलिक सूचना प्रणालीमा आधारित वैज्ञानिक मूल्यांकन प्रणाली कार्यान्वयनमा ल्याउने उनले बताए।

सरकारले भूमि व्यवस्था मन्त्रालयलाई ७ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ।