काठमाण्डौ । आज जेठ १५ अर्थात नेपालमा गणतन्त्र स्थापना भएको दिन । सैनिक मञ्च (टुँडीखेल)मा बज बिहानै विशेष समारोहकासाथ १६ औं गणतन्त्र दिवस मनाइएको छ ।
पुष्प वृष्टिका र सुरक्षाकर्मीको कवाजका साथै विभिन्न झाँकीसहित दिवस भव्यरुपमा मनाइएको हो । कार्यक्रममा हरेक वर्ष जस्तै शान्तिकका प्रतीक परेवा पनि उडाइएको छ ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत संवैधानिक निकायका पदाधिकारी उपस्थित थिए।
यो अवसरमा सेनाले हेलिकप्टरबाट पुष्पवृष्टिका साथै र सुरक्षाकर्मीले कवाज प्रस्तुत गरे। साथै विभिन्न झाँकी पनि निकालियो।