काठमाण्डौ   ।   अब विदेशमा रहेका नेपालीहरूले पनि आवधिक चुनावमा भोट हाल्न पाउने भएका छन् ।

शुक्रबार संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले विदेशमा रहेका नागरिकलाई चुनावमा सहभागी गराउने घोषणा गरेका हुन् ।