काठमाडौं । संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बनेका रामचन्द्र पौडेल आज पहिलो पटक प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्न नयाँबानेश्वरस्थित संसद भवनमा पुगेका छन् ।
आर्थिक वर्ष २०८०/०८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न उनी संसद भवन पुगेका हुन् ।






































