ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका ३ लिङखिम सिँवाका १९ वर्षीय सन्दिप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिएका छन ।
कार्किका अनुसार बिहीबार राति मैवाखोला गाउँपालिका १ तेल्लाबुङतर्फ बालुवा लिएर जाँदै गरेको को २ त ७८७७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
चालक मिक्वाखोला गाउँपालिका १ का कुशल लिम्बू भने दुर्घटनापछि फरार रहेको प्रहरीले जनाएको छ । फरार चालकको खोजीकार्य जारी रहेको बताईएको छ ।






































