काठमाण्डौ  ।  राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । स्वास्थ्यका कारण उनले वाचन नगर्ने आशंका गरिएको थियो ।

राष्ट्रपति कार्यालय सोतका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल तयार छन् । राष्ट्रपतिले नै प्रस्तुत गर्ने छन । बाहिर आएको कुरा हल्ला मात्र हो राष्ट्रिपतिको सचिवालयले  भनेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दा बीचमा समस्या आएमा अर्कोलाई वाचन गर्ने दिने तयारी पनि छ ।

राष्ट्रपतिमा निर्वाचित भएपछि राष्ट्रपति पौडेलले पहिलोपटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन् । संसद सचिवालयले पनि शुक्रबार राष्ट्रपति पौडेलले संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाएको छ  ।

संसदको शुक्रबारको कार्यसूचीमा राष्ट्रपतिले दुवै सदनलाई सम्बोधन गर्ने उल्लेख गरेको छ । ससद बैठक ४ बजेका लागि बोलाइएको छ । नीति तथा कार्यक्रमका आधारमा सरकारले  १५ जेठमा बजेट प्रस्तुत गर्नेछ ।