काठमाण्डौ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीलाई आफूले पहिलो नम्बरमा प्रश्न दर्ता गराए पनि पछाडि पालो दिइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
स्वतन्त्र र साना पार्टीहरुलाई बोल्न नदिने गरिएको उनको आरोप छ । कांग्रेस र एमालेका धेरै सांसदहरुले बोल्न आवश्यक नभएको उल्लेख गर्दै उनले भने, ‘एक नम्बरमा प्रश्न दर्ता गरे पनि ठूला पार्टीले जहिले पनि हेप्ने, स्वतन्त्रलाई बोल्न नदिने, साना पार्टीलाई बोल्न नदिने, आफूलाई नै संसद भवन ठान्ने । संसदमा विचारको प्रतिनिधित्व हुने स्थान रहेको भन्दै उनले भने, ‘काग्रेसको चारजना किन बोल्नुपर्यो ? एमालेको तीनजना किन बोल्नुपर्यो ? एकजना बोले पनि विचारको प्रतिनिधित्व हुन्छ नि ।
प्रश्नोत्तर कार्यक्रम अभ्यासको पहिलो चरणमा भएकाले जति हुनुपर्ने त्यति सन्तोषजनक नभएको उनको टिप्पणी छ ।






































