काठमाडौं। सभामुख देबराज घिमिरेले सांसद टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको जानकारी गराएका छन्।

आइतबार बुढानिलकण्ठस्थित आफान्तको निवासवाट पक्राउ परी सोरहखुट्टे प्रहरी हिरासतमा रहेका रायमाझीका बारेमा प्रहरीले आज संसद सचिवालयलाई औपचारिक जानकारी दिएको हो। सो जानकारी पछि सभामुख घिमिरले उनी पत्राउ परेका संसदलाइ जानकारी गराएका हुन्।

नेपाल प्रहरीले सांसद रायमाझी पक्राउ परेको सुचना संसदीय सचिवालयलाई आएको प्रवक्ता एकराम गिरीले जानकारी दिएका थिए ‘सांसद रायमाझी पक्राउ परेको औपचारिक जानकारी संसद सचिवालयमा आएको छ, अब सभामुखले नियमअनुसार त्यसको जानकारी संसदको बैठकमा गराउनु हुनेछ’ उनले भनेका थिए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिए पछि पक्राउ पुर्जि जारी भए पछि पनि उनी ११ दिन देखी फरार रहेका थिए। उनलाई हिजो मात्रै पक्राउ गरिएको हो।