धनगढी   ।   कैलालीको एक खाद्य स्टोरमा आगो लागेको छ। शनिवार राति धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडी ९दक्षिणकाली मार्ग० को पिपि ट्रेडर्समा आगो लागेको हो।

कृष्णदत्त पाण्डेले सञ्चालन गरेको उक्त स्टोरमा विद्युतको तार सर्ट भएर आगो लागेको कैलाली प्रहरीले बताएको छ।

आगलागीबाट गोदाममा रहेका चामल, भुजा, खाने तेल, फ्रुटी, चिउरा, चाउचाउलगाएतका सम्पूर्ण खाद्य सामान र गोदाम पूर्ण रुपम नष्ट भएको छ।

स्टोरमा आगलागीबाट झन्डै ६ करोडको क्षति भएको सञ्चालक भट्टले बताएका सुरक्षा निकायहरुले बताएका छन्।

धनगढी उपमहानगरपालिकाको वारुण यन्त्र ९दकमल०, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो।Screenshot_2023_0514_220741