नेपालगन्ज । वैशाख २६ गते नेपालगंज १२ सुर्खेत रोडस्थित किङक्रस क्लबमा आएका मानिसहरुले झै-झगडा गरेको र निजहरुको साथमा हतियार रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले झगडा गर्ने व्यक्तिहरु बर्दिया बाँसगढी ८ वस्ने वर्ष २८ को सुमन रिजाल , गेरुवा गा.पा. ५ वस्ने वर्ष ३२ को सागर शाह र कोहलपुर ९ वस्ने वर्ष २९ को धर्म पुन मगर लाई फेला पारी सोधपुछ गर्दा उनीहरूमध्ये सुमन रिजालले लुकाइराखेको MADE IN USA NO.-1111 लेखिएको अटोमेटिक पेस्तोल र म्याग्जिनमा लोड गरेको पिधमा पिनको खत भएको १ राउण्ड गोली फेला पारेको छ ।
साथै उनीहरुले प्रयोग गर्ने बा ११ च ८०० नं. कारलाई नेपालगंज ४ स्थित चन्दननाथ होटल नजिक सडकमा पार्किङ गरेको अवस्थामा फेला पारी सो कारको समेत खानतलासी लिदा उक्त कारमा १७.५ ईन्च लामो खुकुरी १ थान फेला परेको हुँदा तीनैजनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुमन रिजाल यस भन्दा पहिला कमला विश्वकर्मा समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी निज सुमन रिजाल समेत भएको ज्यान मार्ने उद्योग मुद्दामा मिति २०७९ भाद्र १५ गते पक्राउ परी धरौटी तारेखमा छुटेको , धर्म पुन मगर यस भन्दा पहिला अनिल शाहीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी निज धर्म पुन मगर समेत भएको मिति २०७४ फाल्गुन १८ गते जाहेर वालाको छोरा अभिरल जंग शाही लाई गोली हानी ज्यान मार्ने उद्योग गरेको ज्यान मार्ने उद्योग मुद्दामा तत्काल फरार रही पछी अदालत बाट धरौटी तारेखमा छुटेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।






































