हेटौडा । जिल्ला हेटौडा उपमहानगरपलिका १५ स्थित पुर्व-पश्चिम लोकमार्गबाट बैशाख २९ गते विशेष सुचनाको आधारमा एडिडास सुपरस्टार जुत्तासहितको तीन वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
अमेरिकी डलर ४ लाख ८८ हजार १ सय ७३ रुपैयाँ ६३ पैसा (६ करोड ४२ लाख २९ हजार ४ रुपैयाँ ५० पैसा) मुल्य लेखिएको प्रज्ञापनपत्रसहित ना ३ ख ७४५०, ना ३ ख ७६५८ र ना ३ ख ७७५० नम्बरको तीन वटा ट्रकमा लोड भएको एडिडास सुपरस्टार जुत्ताको विल विजक शंकास्पद रहेको भन्ने विशेष सुचनाको आधारमा नम्बर १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको जुत्ता र तीनवटै ट्रक आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाईएको छ । तस्करिले ट्रान्सपोटलाई राजस्व छल्नकोलागि प्रयोग गर्दै आएका छन।






































