आठमाण्डौ । बंगालको खाडीमा विकसित ‘मोखा’ नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ ।
उक्त चक्रवात उत्तर-उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रतर्फ अघि बढिरहेको हो ।
चक्रवातले छिमेकी मुलुक भारतमा असर गर्न थालिसकेको महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए । यसले विशेषगरी बंगलादेश र म्यानमारमा असर पारिरहेको उनको भनाई छ ।
भारतका चेन्नई, बैंग्लोर, भुवनेश्वरी, कोलकात्तालगायत क्षेत्रमा चक्रवातको असर देखिएको छ ।
चक्रवातले असर पारेका स्थानमा बादल बन्ने, हावाहुरी आउने र वर्षा हुन्छ।
चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने मौसमविद् लामिछानेको भनाई छ ।






































