काठमाडौँ । नेपाल प्रहरीका २२ डिएसपी एसपीमा बढुवाका लागि सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी उपरीक्षक पद सङ्ख्या २२ मा बढुवाका लागि सिफारिस भएको हो ।

गौतमकुमार केसी एक नम्बरमा एसपी बढुवाका लागि सिफारिस भएका छन् । बसुन्धरा खड्का, अपिलराज बोहरा, नवराज कार्की, गोविन्द पुरी, रविन्द्रबहादुर सिंह, चित्रबहादुर गुरुङ, रामप्रसाद घर्तिमगर, बासुदेव पाठक र रुपेश खड्का क्रमशः २ देखि १०औं नम्बरमा छन् ।Screenshot_2023-05-13-06-25-23-24_a23b203fd3aafc6dcb84e438dda678b6

Screenshot_2023-05-13-06-25-43-00_a23b203fd3aafc6dcb84e438dda678b6