रौटहट । रौतहटको राजपुर नगरपालिका वाड नम्बर ५ बाट नेपाल प्रहरीले युरिया मल बरामद गरेको छ ।
भारतबाट अवैध रुपमा ल्याएर विभिन्न स्थानमा लुकाए राखेको अवस्थामा भारी मात्रा युरिया मल बरामद गरिएको रौतहटका प्रहरी निरीक्षक दिनेश कुवरले जानकारी दिए ।
शुक्रबार करिब तीन १ बजेको समयमा राजपुर नगरपालिका-५ स्थित स्कुल चौकका विभिन्न स्थानमा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको युरिया मल बरामद भएको उनले बताए।
नेपाल प्रहरी रौतहटले बरामद गरेको युरिया मल आवश्यक रौतहट भन्सार कार्यलयमा लैजाने त्यारी गर्दै उनले बताए ।






































