काठमाण्डौ । ललितपुर महानगरपालिकाले तोकिएको समय वार्षिक साधारणसभा (एजीएम) र लेखापरीक्षण नगर्ने १० वटा सहकारी संस्थाको इजाजत खारेज गरेको छ।
महानगरले आफूमातहतका १० वटा सहकारी संस्थाको इजाजत खारेज गरेको हो । महानगरले महिला सीप विकास बहुउद्देश्यीय सहकारी, बडीखेल पर्यटन सहकारी, प्रयास बहुउद्देश्यीय सहकारी, एभरग्रीन बचत तथा ऋण सहकारी, कुसुन्ती बहुउद्देश्यीय सहकारी, पारपीदेवी महिला विकास बचत तथा ऋण सहकारी, राजवृक्ष जडीबुटी सहकारी, एभरेष्ट कृषि सहकारी, रातो सूर्य सूचना तथा सञ्चार सहकारी र भृगेश्वर उपभोक्ता सहकारी संस्थाको इजाजत खारेज गरेको हो ।
यी सहकारी सथाहरुले सहकारी ऐन, २०७५ बमोजिम ५ वर्षभन्दा बढी अवधिदेखि लेखापरीक्षण नगरेको, एजीएम नबोलाएको र विवरण नबुझाएको महानगरले जनाएको छ ।
यसअघि ललितपुर महानगरले गत असार १५ मा एक सूचना निकाल्दै ३५ दिनभित्र ती सहकारीलाई सम्पर्कमा आउन आह्वान गरेको थियो । तर तोकिएको समयमा सहकारीहरुबाट सम्बन्धित पक्ष सम्पर्कमा नआएकोले गत माघ २९ को बैठकले ती सहकारी संस्थाहरु खारेज गर्ने निर्णय भएकोमहानगरले एक सूचनामार्फत जनाकारी दिएको छ। अबउप्रान्त ती संस्थाहरुका नामबाट कुनै पनि कारोबार नगर्न र नगराउन पनि महानगरले आग्रह गरेको छ।






































