काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आज मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विचौलियाको भूमिका खेलेको आरोपमा रामशरण केसी र गोविन्द चौधरीलाई पक्राउ गरेको हो । थप दुई जनासहित शरणार्थी प्रकरणमा संलग्न भइ पक्राउ पर्नेको संख्या १० जना पुगेको छ ।
प्रहरीले यसअघि पूर्वगृहसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।