झापा । झापामा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् । कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधर विभिन्न संघसंस्थाले निकालेको राँके जुलुसका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।
मंगलबार साँझ झापाको दमकमा भएको झडपका क्रममा प्रहरीतर्फ ५ जना र प्रदर्शनकारीतर्फ १२ जना बडि घाइते भएका छन ।
प्रहरी स्रोतका अनुसार प्रदर्शनकारीले बालेको राँकोले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले गोली चलाएको बताएको छ ।