धादिङ   ।   धादिङको चैनपुर ७ का कक्षा १२ मा पढ्ने १९ वर्षिय जित बहादुर बयलकोटीले आफ्नो जीवन समाप्त गरेका छन ।

गरिब परिवारबाट रहेका उनी बैशाख २६ बाट सुरु हुने १२ को परिक्षाको लागि परिक्षा प्रबेश पत्र लिन स्कुल गएका थिए ।

तर स्कुलका प्रिन्सिपलले पहिला पैसा लिएर आउ अनि मात्रै प्रबेश पत्र दिनेछौं भने पछी उनी साथीहरुकै अगाडी निराश हुँदै घर फर्किएका थिए ।

सोही राती उनले आफ्नो जीवन समाप्त गरेको उनको परिवारले जनाएको छ ।