काठमाडौं । एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर गरिएको छ ।

प्रहरीलाई आफैं आउँछु भन्दै ढाँटेर भागेका रायमाझीलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा प्रहरी प्रधान कार्यालयलले सबै जिल्लामा सर्कुलर गरेको हो ।

OM Sai Pathibhara Hospital

भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा टोपबहादुरविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

तर गत बुधबारदेखि रायमाझी फरार भएका छन् । पूर्व उप्रधानमन्त्री समेत रहेका रायमाझीलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर गरिएको नेपाल प्रहरीले जनाएको छ ।