काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) ले पत्रकार तथा कर्मचारी माग गरेको छ ।
आन्तरिक, खुला तथा समावेशी प्रतिस्पर्धाद्वारा पद पूर्ति गर्ने गरी आवेदन आह्वान गरिएको हो ।
पत्रकारितातर्फ ७ जना जनशक्ति माग गरिएको छ भने जसमा ६ उपसम्पादक र १ सहायक समाचार छन् । त्यसैगरी, कम्प्युटर अधिकृत, वरिष्ठ सहायकमा पनि १/१ जना जनशक्ति माग गरिएको छ ।
योग्यता पुगेका इच्छुक नेपालीले आगामी जेठ ११ गतेसम्म आवेदन दिन सक्नेछन।
लेकसेवाले सञ्चालन गर्ने परीक्षामा दोब्बर दस्तुर तिरेर पनि जेठ १८ गतेसम्म आवेदन दिन सकिने राससले जनाएको छ ।