काठमाण्डौ । नेकपा एमालेका नेता महेश बस्नेतले एमाले अहिले कसैलाई प्रधानमन्त्री प्रस्ताव गर्ने अवस्थामा नरहेको बताएका छन् । सोमबार कास्कीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका छन।
पोलिटब्युरो सदस्यसमेत रहेका बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव गर्ने कुनै सम्भावना नरहेको पनि बताएका छन ।
एमाले सस्तो लोकप्रियता हुने कुरातिर लाग्दैन, यस्ता स्तरहीन राजनीतिक चेतना भएकालाई एमाले प्रधानमन्त्री बनाउँछ भन्ने कुरा हास्यास्पद हो उनले भने, ‘एमालेको प्रचार विभागले कुनै व्यङ्ग्यात्मक टेलिसिरियल बनायो भने त्यस्तामा चाहिँ प्रधानमन्त्रीको रोल दिन सकिएला ।’
पूर्वमन्त्री समेत रहेका बस्नेतले राजनीतिक स्थायित्व र अहिले देखिएको नैराश्यता चिर्न कांग्रेस–एमालेबीच सहकार्य आवश्यक रहेको पनि बताए । उनले नक्कली शरणार्थी प्रकरणबारेको छानबिनमा एमालेले सहयोग गर्ने समेत बताए ।






































