मोरङ  ।  विराटनगरबाट अवैध ५४ तोला सुन र साढे सात लाख भारतीय रुपैयाँ बरामद गरेको छ।

प्रहरीले सुन र नगदसहित कारोबारमा संलग्न २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक विनोद मुरारका र उनकी श्रीमती पुष्पा मुरारका छन्।

OM Sai Pathibhara Hospital

विनोद मुरारका विराटनगरको केएल दुगर समूहका लेखापाल हुन्। पुष्पा भने नेपाली नागरिक हुन्। उनीहरूको साथबाट ८ किलो चाँदी पनि बरामद भएको छ। प्रहरीले उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरेको हो।

को २ च १४९५ नम्बरको कारमा भारत लैजाने प्रयास गर्दा उनीहरू पक्राउ परेका हुन् । बरामद सुन र चाँदीको मूल्य ९० लाख बराबरको रहेको छ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले बताए।