काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू कसैको दबाबमा नपर्ने बताएका छन् । प्रक्रिया र कानूनअनुसार सरकार अगाडि बढ्ने उनले प्रतिबद्धता जनाए ।

भ्रष्टाचारविरुद्धको कारबाही नरोकिने बताउँदै प्रचण्डले भने, प्रक्रिया, पद्दति र ऐनअनुसार सरकार दृढताका साथ अगाडि बड्छ । दोषी कोही नछुटुन्, निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट सरकार अगाडि बड्छ ।

OM Sai Pathibhara Hospital

ओलीले अस्ति र आजको भेटमा पार्टीका नेता टोपबहादुर रायमाझीको विषयमा चासो राखेको प्रचण्डले स्वीकार गरे । तर आफ्नो नेता जोगाउन नभनेको उनको आशय थियो ।

प्रचण्डले भने अस्ति पनि उहाँको कन्सर्न थियो । तर आफ्नो नेता बचाउ भनेर प्रधानमन्त्रीसँग भन्न सक्ने कुरा भएन । म दबाबमा पर्दिनँ ।