बर्दिबास  ।  नेपाल भारत सीमा क्षेत्रमा तस्करी व्यापक मात्रामा भएको समाचार प्रकाशनमा आएपछि मधेश प्रदेश सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी बर्दिबासका प्रमुख डिआइजि दिपेन्द्र शाहले रौतहट सदरमुकाम गौरमै पुगेर सीमा वारपार हुने तस्करी नियन्त्रणका लागि कडा निर्देशन दिएका छन्।

डिआइजि शाहले तस्करी नियन्त्रण गर्न कडा निर्देशन दिँदै तस्करी नियन्त्रण नभए कमान्डर नै जिम्मेवार हुने चेतावनी पनि दिएका छन्।

OM Sai Pathibhara Hospital

सीमा वारपार हुने अवैध गतिविधिलाई शुन्य सहनशीलता अपनाई काम गर्न डिआइजि शाहले निर्देशन दिएका छन् ।

गौर भन्सार कार्यालयनजिकै रहेको बिओपिमा डिआइजि शाहले निर्देशन दिँदै गर्दा भन्सारमा खटिएका सशस्त्र प्रहरीले दुई मोटरसाइकलसहित स्रोत नखुलेको ७ लाख नगद नेपाली रुपैया पनि बरामद गरेको थियो ।

यसैबीच सशस्त्र प्रहरी रौतहट गत माघको पहिलो सातादेखि बैसाख २२ गतेसम्म १ करोड ५७ लाख ६९ हजार ६९४ रुपैया बराबरको विभिन्न सामग्रीहरु बरामद गरेको छ।

सशस्त्र प्रहरी ११ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मीले जिल्लाभरको बोर्डरमा कडाइ गर्न निर्देशन दिएको जानकारी दिएका छन् ।