इलाम । इलाममा घर निर्माण गर्ने क्रममा चारजना भारतीय मजदुरको मृत्यु भएको छ । जिल्लाको सूर्योदय नगरपालिका-१० फिक्कलका स्थानीय विनोद श्रेष्ठको घर निर्माण गर्ने क्रममा चारजना मजदुरको मृत्यु भएको हो ।
श्रेष्ठको घर निर्माण गर्दै गर्दा शुक्रबार साँझ माथिबाट झरेको सुक्खा पहिरोमा पुरिएर उनिहरुको मृत्यु भएको हो ।
आजैबाट निर्माण सुरु गरिएको घरको गजको प्लम हाल्ने क्रममा एक्कासि माथिबाट पहिरो झरेर पुरिएका मजदुरको घटना स्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारतको किसनगन्ज डिगल बैंकका तोसीब अलाम, अजि मोदिन, मुजाफर अलाम र अब्दुल अलाम रहेको पुष्टि भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।
घर निर्माणका ठेकेदार ममत अलाम सहित चारजना भागेर बाँच्न सफल भएका छन् ।