काठमाडौं ।   जिल्ला प्रहरी कार्यालय महोत्तरीका  लेखापाल विनोद विष्ट एक लाख ५० हजार चेक र ५० हजार नगदसहित पक्राउ परेका छन् । 

भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरेको भन्दै सेवाग्राहीसँग घुस लिन काठमाडौं आएको मौका छोपी अख्तियारको विशेष टोलीले विष्टलाई पक्राउ गरेको स्रोतले जानकारी दिएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सई विष्टलाई शुक्रबार नयाँ बानेश्वरबाट रंगेहात पक्राउ गरेको हाे ।

विशेष सूचनाको आधारमा आयोगको टोलीले महोत्तरीबाट रकम बुझ्न काठमाडौं आएका विष्टलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार जनाएको छ।