झापा । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट लागुऔषध ब्राउन सुगरसहित दुई दिदीबहिनी पक्राउ परेका छन् ।  

Screenshot_2023_0505_180057

पक्राउ पर्नेमा हेटौडा १ घर भई हाल झापा मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ (राजवंशी) र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहीबार राति ९ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं जान लागेका उनीहरूलाई विमानस्थल प्रहरीले शरीर चेकजाँचका क्रममा सोनीको साथबाट ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । सोनीले लगाएको प्याडमा ब्राउन सुगर लुकाएर काठमाडौं लैजान खोजेकी थिइन् ।


सोनीसँग ब्राउन सुगर फेला परेपछि सँगै काठमाडौं जान लागेकी उनकी दिदी सन्ध्यालाई पनि पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।