काठमाण्डौ । संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा घाईते भएका एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारका अनुसार मृतक गुरुङ हेलिकप्टरमा सहयोगीका रूपमा काम गर्दै आएका थिए । दुर्घटनामा अन्य ४ जना घाईते छन्।
शुक्रबार दिउँसो १ बजे भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको थियो ।
दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापा, विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर गम्भीर घाइते छन् ।
घाइतेमध्ये विक्रम शंकरको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि सिम्रिक एयरको अर्को हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लगिएको छ ।
पौडेल, छिरिङ भोट र मनोज थापालाई घटनास्थलबाटै उद्धार गरेर काठमाडौं लगिएको छ । हेलिकप्टरले विद्युत्का सामग्री झुन्डयाएर सिलिङ अपरेसन गर्दै आइरहेको थियो । 







































