काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो ।संखुवासभामा शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परी हेलिकप्टरका पाइलट घाइते भएका छन्।Screenshot_2023-05-05-14-27-33-27_a23b203fd3aafc6dcb84e438dda678b6

हेलिकोप्टर दुर्घटनामा चारजना घाइते भएको र दुईजनाको अवस्था सिकिस्त रहेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ छेदर लामाले जानकारी दिए । घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर परिचालन गरिएको छ ।

दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेलको र स्थानीय भविन गुरुङ गम्भीर घाइते थप दुइजना सामान्य घाइते भएका छन । उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाएको छ । गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा सामान लैजाँदै गर्दा भोटखोला गाउँपालिका–४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा भएको हो। उक्त हेलिकप्टर माथिल्लो अरूण जलविद्युत आयोजनाको सामान बोकेको उडेको थियो।Screenshot_2023-05-05-14-27-17-08_a23b203fd3aafc6dcb84e438dda678b6

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त हेलिकोप्टर बिहानैदेखि सम्पर्कविहीन भएकाले खोजी भइरहेको थियो। हेलिकोप्टर तुम्लिङटार विमानस्थलसँग बिहानैदेखि सम्पर्कमा नरहेको जानकारी दिएका छन।  

उद्दारका लागि आर्मी र प्रहरि घटना स्थल तर्फ पुगिसकेको  जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।Screenshot_2023-05-05-14-20-46-56_a23b203fd3aafc6dcb84e438dda678b6

Screenshot_2023_0505_184856