काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक शुक्रबार बस्दैछ।

बैठक पार्टी कार्यालय बसुन्धरामा बस्ने छ ।बैठकमा सरकारमा सहभागी हुने या बाहिरिने भन्नेबारे आवश्यक निर्णय हुने महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

Screenshot_2023-05-05-09-15-38-37_a23b203fd3aafc6dcb84e438dda678b6

यसअघि बसेको रास्वपाको बैठकमा पार्टी अस्पष्ट हुन नहुने भन्दै सरकारबारे ठोस निर्णय हुनुपर्ने नेताहरुले धारणा राखेका थिए ।

सोहीअनुसार आज आवश्यक निर्णय गर्नेगरी बैठक तय भएको हो । रास्वपामा सरकारमा सहभागिताको विषयमा दुई धार रहेको छ ।

एक समूहले सरकारमा सहभागी हुनुपर्ने भन्दै लबिङ गरिरहेको छ भने अर्को पक्षलेचाहिँ सरकारलाई दिएको समर्थन फिर्ता लिएर जनतामा जानुपर्ने बताइरहेको छ । 

सत्ता गठबन्धनले समेत रास्वपालाई सरकारमा प्रवेश गराउन सकारात्मक प्रतिक्रिया दिइरहेको बेला रास्वपाले आज गर्ने निर्णयलाई महत्वका साथ हेरिएको छ ।