काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा पक्राउ परेका छन् । टोपबहादुरका छोरा सन्दीपलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको हो ।
बुधबार जिल्ला अदालत काठमाडौंले रायमाझी बाबुछोरालाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो । टोपबहादुर बुधबार दिउँसो अर्घाखाँचीको एक कार्यक्रममा विशेष अतिथि भएर सहभागी भएका थिए ।
उनी सहभागी सो कार्यक्रमको प्रमुख अतिथि सभामुख देवराज घिमिरे थिए । टोपबहादुर भने पक्राउ परेका छैनन् ।
अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर र उनका छोरा नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने भन्दै अर्बौँ रुपैयाँ असुल गर्ने गिरोहको सहयाेगी भएको प्रहरीको दाबी छ ।