काठमाडौं । सरकारले मिटरब्याजी समस्या समाधानका लागि अध्यादेश ल्याउने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याजी दिर्घकालिन समस्या समाधानका लागि अध्यादेश ल्याउने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले मिटरब्याजसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिन अध्यादेश राष्ट्रपतिसमक्ष आज नै पठाउने निर्णय भएको बताईन् ।
मन्त्री शर्माले बैठकमा नेपाल ऐनलगायत केही ऐन संशोधन गर्ने विषयको बारेमा पनि छलफल भएको बताईन् ।