काठमाडौं । नेपाल र युएईबीच आज बिहान भएको एसीसी प्रिमियर कप क्रिकेट खेलमा युएईलाइ पराजित गर्दै नेपाल विजयी बनेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज बिहान भएको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनल खेलमा नेपालले युएईलाई ७ विकेटले हराउँदै विजयी बनेको हो ।

OM Sai Pathibhara Hospital

यो जितसँगै नेपालले एसिया कपमा आफ्नो स्थान बनाएको छ ।सोमबार टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलव तीन ओभरमा नौ विकेट गुमाउँदै १०६ रन बनाएको थियो ।

वर्षाका कारण खेल रोकिएपछि आज सोमबारकै ओभरबाट खेल सुरु गरी नेपाललाई ११८ रनको चुनौती दिएको थियो ।

उक्त लक्ष्यमा ३०.३ ओभरमा ३ विकेट गुमाउँदै नेपालले युएईले दिएको १०६ रनको लक्ष्य पूरा गरेको हो ।

जसमा खेलाडी गुल्शन झाले अविजित ६७ रन र भीम सार्कीले ३६ रन बनाएका थिए ।FB_IMG_1683032647064