काठमाडौं  ।   भारतीय आयल निगम (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटेको नयाँ मूल्य सूची पठाएको छ।

आइओसीले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेललगायत इन्धनको मूल्य घटेको हो।

OM Sai Pathibhara Hospital

नयाँ मूल्यसूचीअनुसार प्रति लिटर पेट्रोलको मूल्य ४ रुपैयाँ ३३ पैसा र प्रति लिटर डिजलको मूल्य ४ रुपैयाँ ११ पैसाले घटेको छ।निगम र आइओसीबीच १५/१५ दिनमा नयाँ मूल्य कायम हुने सम्झौता छ।

जसअनुसार आइओसीले मे १ तारिखमा इन्धनको नयाँ मूल्य सूची पठाएको हो।