काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई पुनःपार्टी संसदीयदलको नेतामा चयन भएका छन ।
सोमबार बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई दलको नेताबनाउने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए।
उनले भने ‘रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने निर्णय भएको छ। सरकारमा जाने नजानेबारे छलफल भइरहेको छ तर यस विषयमा ठोस निर्णय भै सकेको छैन्।’
सोमबार बसेको संसदीयदलको बैठकले लामिछानेलाई संसदीयदलको नेता चयन गर्ने निर्णय अनुमोदन गरेको उनले बताए।