काठमाण्डौ । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी स्वास्थ्य उपचार गरी आइतबार नेपाल फर्किने भएका छन्।  FB_IMG_1682699772712

चन्द्र भण्डारी आइतबार दिउँसो २ः ५५ मा नेपाल वायुसेवा निगमको नियमित उठानबाट काठमाडौं फर्किन लागेका हुन् । मीन भण्डारीका अनुसार चन्द्र भण्डारीको बाँकी उपचार नेपालमै गर्नेगरि फर्किन लागेका हुन ।

OM Sai Pathibhara Hospital

सामाजिक दूरी कायम गरेर चन्द्र भण्डारीसँग भेट्न सकिने मीनले बताए । मीन चन्द्र भण्डारीका दाइ हुन् । काठमाडौंको बुद्धनगरस्थित निवासमा गत ३ फागुनमा ग्यास लिक भएर आगलागीबाट भण्डारी घाइते भएका हुन् । सांसद भण्डारीलाई ४ फागुनमा मुम्बई लगिएको थियो ।