काठमाण्डौ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले एमालेका नेता तथा कार्यकर्ताहरूले आफ्नो सुरक्षा आफैं गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

आज शुक्रबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान सरकार देशमा शान्ति, सुरक्षा कायम गर्न असफल भएको बताउँदै उनले आफ्नो नेता तथा कार्यकर्ताको सुरक्षाको जिम्मेवारी आफैैले लिनुपर्ने अवस्था आएको बताएका हुन् ।

OM Sai Pathibhara Hospital

एमाले कमजोर बनाउन राज्यसंरक्षित आतंक सिर्जना भएको उनको भनाइ छ ।  उनले झापामा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी गरिएको आक्रमण योजनाबद्ध भएको दाबी पनि गरेका छन् ।

आकस्मिक रुपमा घटेको घटना हो कि भनेर ठाने पनि आक्रमण योजनाबद्ध रुपमा भएको देखिएको उनले पत्रकार सम्मेलनमा बताएका छन ।

पत्रकार सम्मेलनमा सचिव योगेश भट्टराईले कोशी प्रदेशमा भइरहेको आन्दोलनमा प्रधानमन्त्री पुष्पकमल दाहालले नै आगोमा घिउ थप्ने काम गरेको बताएका छन।