काठमाण्डौ  ।  नेपाल प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपीमा) बढुवाका लागि सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा समितिको बैठकले एसएसपी बढुवा गर्न उनीहरुलाई सिफारिस गरेको हो।

प्रहरीका एसएसपी १३ जना डीआईजीमा बढुवा भएपछि र बाँकी एसएसपीबाटै अवकास भएपछि १८ एसएसपी रिक्त भएको थियो।Screenshot_2023-04-29-07-26-25-62_a23b203fd3aafc6dcb84e438dda678b6

OM Sai Pathibhara Hospital

एसपीबाट एसएसपीमा बढुवा हुनेमा विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अभिनारायण काफ्ले, सोमेन्द्रसिंह राठोर, मुकुन्द मरासीनी, दीपशमशेर जबरा लगायत छन् ।

यस्तै बढुवा हुने अन्य एसपीमा बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, विश्वमणि पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन छन् ।

Screenshot_2023-04-28-18-31-47-58_a23b203fd3aafc6dcb84e438dda678b6

Screenshot_2023-04-28-18-32-05-10_a23b203fd3aafc6dcb84e438dda678b6