काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन् ।

उनले रास्वपा रास्वपाका सभापति रवि लामिछानेलाई जनताले लोकप्रिय मत दिएको बताउँदै जनमतको सम्मान गर्न उनले रोजेको मन्त्रालय पाउनुपर्ने बताए।

OM Sai Pathibhara Hospital

शुक्रबार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा आयोजित कार्यक्रममा मन्त्रीले भने जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएका छन्। यो जनमतको सम्मान गर्न अब रविले रोजेको मन्त्रालय दिनुपर्छ। त्यसको लागि मैले के त्याग गर्नुपर्छ तयार छु।