काठमाडौं । प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज अन्त्य हुने भएको छ । संसद सचिवालय स्रोतको अनुसार अहिले बैठक बसिरहेको छ, यहि बैठक नै चालु अधिवेशनको अन्तिम बैठक हुने छ ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अन्मिनको प्रमाणीकरणमा अयोग्य ठहर भएका लडाकूहरुलाई रकम दिने विषयमा सरकारको ध्यानाकर्षण गराउने तयारी छ । त्यसमा सरकारले जवाफ दिनेछ । सभामुखले १० वटा विषयगत समितिमा रहने सदस्यहरु पनि जानकारी गराउने कार्यसूची छ ।