काठमाडौं । ललितपुर प्रहरीले नक्कली नेपाली नोट छाप्ने मेसिनसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका-११ स्थायी घर भई ललितपुरको झरुवारासी बस्दै आएका ३६ वर्षीय सुरेश तामाङ र कास्कीको मादी गाउँपालिका-१ स्थायी ठेगाना भएका २१ भुपाल विक रहेका छन् ।

OM Sai Pathibhara Hospital

पक्राउ परेकाहरूको साथबाट एक सय, ५ सय र एक हजार दरका नक्कली नेपाली नोट तथा त्यो छाप्न प्रयोग गरिने मेसिन पनि बरामद भएको ललितपुर प्रहरीले जनाएको छ ।