कोशि । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका ५ बाट बुधबार सशस्त्र प्रहरीले करीव ६ लाख ७९ हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित ४ वटा मोटरसाइकल  विशेष सुचनाको आधारमा नियन्त्रण  गरेको छ ।Screenshot_2023_0427_165323

को १२ प ९०४, को ६ प ७७२१, प्रदेश १-०२-०४५ प ५२ र को १५ प ९१५५ नम्बरको मोटरसाइकलमा अबैध रुपले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म कप्तानगंजले नियन्त्रणमा लिएको हो । अचम्मको कुरा चारवटा मोटरसाइकल नियन्त्रणमा लिदा मोटरसाइकल चालक एक जना नि पक्राउ नपर्नु सशस्त्र प्रहरिमा प्रश्न चिन्ह उब्जिएको छ । 

OM Sai Pathibhara Hospital

नियन्त्रणमा लिईएको लत्ताकपडा तथा मोटरसाईकल सुनसरी भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यस्तै, सुनसरीमा भिमपुर, शाहेबगन्ज, देबगन्ज, घुस्की, कप्तानगन्ज, बसन्तपुर, बस्मतिया, लौकी, कुमाही, भन्टाबारीजस्ता विभिन्न नाका प्रयोग गरि तस्करि भैरहेको छ। 

तस्करी भएको सामान इटहरी, इनरुवा, दुहबिमा गोदामगरि विभिन्न पसलमा पुराउने गरेका छन। गाडिमा बोक्ने सामान सरकार परिवर्तन भए सगै मोटरसाइकलमा बोक्ने गरेका छन। गाडी, मोटरसाइकल फेलापार्दा चालक तथा सामान धनी प्रहरिले फेला पार्न नसक्नु अनौठो कुरा छ।