काठमाडौँ । बाग्लुङ बडिगाड गाउँपालिकाकी निरा पाण्डे आचार्यको हत्या रहस्यमय बन्दै गएको छ।कपनस्थित सरस्वती नगरको व्यस्त सडकमा आफैँले सञ्चालन गरेको ‘निरु किचेन’ पसलभित्रै ३५ वर्षीया आचार्यको ८ वैशाखमा चक्कु प्रहारबाट बीभत्स हत्या भएको थियो ।

आचार्यको बीभत्स हत्या भएको एक साता बढी बितिसक्दा पनि प्रहरीले हत्याराबारे अझैसम्म कुनै क्लु समेत फेला पार्न सकेको छैन ।

OM Sai Pathibhara Hospital

निराका आफन्तले भने हत्यारा छिटो पत्ता लगाउन प्रहरीलाई दबाब दिन थालेका छन् । निराका आफन्तले निराको हत्या भएको पसलअगाडि नै धर्नासमेत दिन थालेका छन् ।

दबाब स्वरूप आज सरस्वती नगर, कपन हत्या भएको पसल अगाडि बाटो बन्द गरेर स्थानीय र आफन्तले प्रदर्शन गरेका छन् ।निरा हत्याबारे प्रहरीले अनुसन्धान गर्न छुट्टाछुट्टै समितिसमेत बनाएको छ ।

निराको हत्या भएको पसलभन्दा केही दूरीमै उनकै श्रीमान् योगेन्द्र आचार्यले छुट्टै इलेक्ट्रिकल पसलसमेत सञ्चालन गरेका छन् । उनका श्रीमान्‌ले समेत हत्याबारे कुनै चाल नपाएको प्रहरीले जनाएको छ ।Screenshot_2023-04-27-14-08-06-81_a23b203fd3aafc6dcb84e438dda678b6