काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज (बुधबार) बस्दैछ । बैठक दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ ।
आजको बैठकमा सभामुखले संसदीय सुनुवाई समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
बैठकमा प्रतिनिधि सभा सदस्य ईश्वरी देवी न्यौपानेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १८० बमोजिम विशेष समिति गठन गरियोस् भनि सदस्यहरुको नामावली सहितको प्रस्ताव पेश
गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, आजकै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
बैठकमा “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९” माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।